काठमाडौँ । सचिव फणीन्द्र गौतम अनिवार्य अवकाशमा जाँदै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणीन्द्र गौतम उमेर हदका कारण यही मंसिर १८ गते देखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य अवकाशमा जान लागेका गौतमलाई अवकाशको जानकारी दिने र उनले हालसम्म गरेको योगदानको लागि सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।







