काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को सबै प्रदेशमा प्रतिनिधि तोकेको छ। अध्यक्ष परिषद्को अध्यक्ष दुर्गा सोव प्रदेशहरूमा संयोजन गर्नको लागि प्रतिनिधि तोकेर परिपत्र गरेकी हुन्।
प्रतिनिधिहरूलाई ज्येष्ठताको आधारमा बैठक बसी पार्टीको काम कामलाई अगाडी बढाउन र जिल्लादेखि सम्भव भएसम्म स्थानीय तहसम्मै संगठन विस्तार गर्न निर्देशन दिएको छ।
रास्वपा छाडेर आएका सन्तोष परियार समूह र जेन जेड समूहको तर्फबाट पछि थप गर्ने गरी अहिले प्रतिनिधि तोकिएको परिपत्रमा उल्लेख छ।
प्रवास प्रदेशहरूको सन्दर्भमा सम्बन्धित नेतृत्वहरूले आपसी सरसल्लाह गरी संयोजन गर्न र सम्पर्क समन्वय समितिको संरचना हटाएर सिधै जिल्लासँग जोडिने सम्पर्क मञ्च बनाउने भएको हुँदा सम्बन्धित नेतृत्वले सम्बन्धित जिल्लासँग सम्पर्क गरी कामलाई अगाडी बढाउन निर्देशन दिएका छन्।







