२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४६५

अ+ अ-

एएफपी । श्रीलंकामा हालै आएको विनासकारी चक्रवातका कारण  अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रीग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् ।  

गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

“पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहनु भएका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्र कीर्तिले उल्लेख गरेका छन् । 

चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको बताएका छन् । । 

राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक संकटबाट गुज्रिँदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताएका छन् । यस अघि उनले शनिबार आपत्कालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए ।

आर्थिक संकटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्ने सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मंगलवार आफ्ना शीर्ष अधिकारीहरूलाई बताएका थिए। 

श्रीलंका सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।  

देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलंकाले मितव्ययिता उपायहरू सहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताएका छन् । 

सन् २०२२ को संकटले महिनौँ सम्म सडकमा विरोध प्रदर्शन भए पछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो ।  

सप्ताहन्तमा ठुलो बाढी आएपछि बुधबार देखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ ।

देशका १५ लाख भन्दा बढी मानिसहरू प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुई लाख मानिसहरू राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ ।

मध्य पहाडका दुर्गम क्षेत्रहरू बढी  प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु गर्न तथा सञ्चार लाइनहरू पुनर्स्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ ।  

 मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलंकाले मंगलवार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताएका छन् ।

यो प्रयासले “विश्वलाई श्रीलंका सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गर्ने श्रीलंकाको पर्यटक बोर्डले जनाएको छ ।