काठमाडौँ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत भएको छ ।
माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।
प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको दलको बैठकले छिट्टै दलको नेता तोक्ने निर्णय गरेको छ । नेता शर्माले बिहीबार बिहान मात्रै राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गरिएको हो ।
नेता शर्माले दलका सचेतक जिसीलाई सम्बोधन गरेर उनकै ह्वास्स एपमा राजीनामा पठाएका थिए । उनले राजीनामा दिनको कारण भने खुलाएका छैनन् ।







