२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीलाई मन्त्री गुप्ताले भने ‘सवारी चालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीको सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका हुन्।

उनले भने, “सवारी चालक र ट्राफिक प्रहरी एक अर्काप्रति सकारात्मक हुनुपर्छ । तपाईँहरू सकारात्मक भए सवारी सञ्चालनमा सहज हुन्छ । सवारी चालकले ट्राफिक प्रहरी र नेपाल प्रहरीप्रति सकारात्मक हुनुहोला ।”

यसैगरी उनले दुई पाङ्ग्रे सवारीसाधनका घटना बढी हुने गरेको तथ्याङ्क देखिएकाले दुई पाङ्ग्रे सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने बताए । नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोतसाधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने मन्त्री गुप्ताको भनाई थियो । सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिएको मन्त्री गुप्ताले स्पष्ट पारे ।

यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले आम नागरिकको साथ सहयोगबाट ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले समुदाय स्तरमा रहेका समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी आम नागरिकको सेवामा खटिएका प्रहरी हौँ । हामी प्रत्येक नागरिकलाई सेवा दिन तयार छौँ ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिएकाले हामी सधैँ आम नागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए ।