२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व संकलन 

अ+ अ-

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु. चार अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । बाढी पहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै यहाँको भन्सार कार्यालयको राजस्व संकलनमा नयाँ उभार आएको हो ।

यहाँस्थित नेपाल–चीन मुस्ताङ भन्सार कार्यालयमार्फत रु. नौ अर्ब ४८ करोड ३४ लाख बराबरको आर्थिक कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिए । गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएका यहाँको कोरला नाकाबाट बिहीबारसम्ममा चीनतर्फबाट रु. नौ अर्ब ३४ करोड बढीको मालसामान आयात भएका कार्यालयका सूचना अधिकारी सिंहले बताए । उनका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारबाट जाँच पास भई आएका विद्युतीय सवारीसाधन र माल बस्तु कन्टेनर ढुवानीका साधन भित्रिएका र तीनको यहाँको भन्सारमा जाँच पास गरेर गन्तव्यतर्फ पठाइने गरिएको बताए ।

यसैगरी नेपालबाट हस्तकलालगायत माल वस्तुको चीनतर्फ निर्यात प्रयोजनका लागि भन्सार जाँच पास गर्दा रु. १४ करोड ३४ लाख राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी सिंहको भनाइ छ ।  यहाँको कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि गएको साँढे दुई महिनाको अवधिमा  यहाँको भन्सार कार्यालयमा एक हजार ७६१ वटा विद्युतीय सवारीसाधनको जाँच पास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेका मुस्ताङ भन्सारले जनाएको छ । हालसम्म एक हजार बढी ढुवानीका साधनको भन्सार जाँच पास भइसकेका छन् ।

यहाँको मुस्ताङ भन्सार कार्यालयमा अझै १०० भन्दा बढी मालवाहक ढुवानीका साधन भन्सार जाँच पासको क्रममा रहेका सूचना अधिकारी सिंहले बताए । उनका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारमा मालसामान ढुवानीका लागि करिब एक दर्जन बढी ढुवानीका साधन पुगेका र आंशिक रूपमा कोरला सडक हुँदै ढुवानीका साधन माथि आउने क्रममा रहेका सूचना अधिकारी सिंहले जानकारी दिए ।

यहाँको भन्सार कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी सृजना गरेको जनाइएको छ । यसअघि एक जना शाखा अधिकृत कार्यालय प्रमुख रहने गरी सात जना दरबन्दी कायम रहेकामा उपसचिव स्तरको कार्यालय प्रमुख रहने गरी १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिए ।

भन्सार विभागले यहाँको भन्सारका लागि उपसचिव स्तरको एक जना कार्यालय प्रमुखसहित दुई जना शाखा अधिकृत, छ जना राजस्व हेर्ने नायब सुब्बा, एक–एक जना लेखापाल र कम्प्युटर अपरेटर, एक जना सवारी चालक र छ जना कार्यालय सहयोगीको दरबन्दी सृजना गरेको हो ।