२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

अ+ अ-

पाटन (ललितपुर) । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभई नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । 

 ललितपुर महानगरको नवनिर्मित भवनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए। जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनले बताए।

  “लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्नुपर्छ”, नयाँ पुस्ताको चाहना सुशासन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरे ।