२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री खनालले भने : ‘निजी क्षेत्रमाथि आक्रमण कुनै हालतमा ठिक होइन’

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’

विधि ठिक भएन भने सुधार गर्न सकिने तर सही मान्छेमाथि गलत कदम चालिए निरुत्साहित हुने अर्थमन्त्रीको भनाई छ ।

‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन,’ अर्थमन्त्री खनालले भने ।

साथै जेन जेड आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए । भ्रष्टाचार अत्यन्त बढेर राज्यका शक्तिशाली व्यक्तिबाटै यसलाई बढावा दिने काम भएकाले यसको अन्त्य हुनुपर्ने उनले बताए । उनले सेवा प्रवाह पारदर्शी हुनुपर्छ आन्दोलनको माग रहेको स्मरण गराए ।

निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्दा मुलुकलाई अनिश्चयको दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक माहोल हुनुपर्छ । रकार पनि लागिपरेको छ ।’

सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय जगतले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए । सरकारको छवि अझै सुधार गर्न नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन् ।