२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार महाभेला सोमबारदेखि, एक हजारभन्दा बढी अधिकारकर्मी सहभागी हुने

अ+ अ-

काठमाडौँ । ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमबारदेखि ललितपुरमा सुरु हुने भएको छ। 

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो। 

यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा विसीले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिइन्। उनकाअनुसार यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ।

अध्यक्ष विसीले महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानव अधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने बताइन्।

उनले नेपाल मानव अधिकार पक्षराष्ट्रका रूपमा अन्तरराष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गर्ने प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सरकारलाई सचेत गराउन महाभेलाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

महाभेलामा देशभरबाट करिब एक हजारभन्दा बढी मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।