२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साबिक विजेता जनकपुर पुछारमा, कर्णालीको दोस्रो जित

अ+ अ-

काठमाडौँ । कर्णाली याक्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकाल्दा साबिक विजेता जनकपुर बोल्ट्सले भने पुछारमा रहेर लिग टुंगाएको छ। कर्णालीले ३ रनको जित निकाल्यो।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३० रनको लक्ष्य दियो। प्रत्युत्तरमा जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउादा मात्र १२६ रन बनायो। अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा नन्दन यादवले १० रन मात्रै दिएका थिए। खेलमा जनकपुरका संजय कृष्णमुर्थीले अर्धसतक बनाए।

प्लेअफबाट बाहिरिसकेका कर्णालीले दोस्रो जित निकालेको छ। कर्णालीले लगातार चार हारको शृंखला पनि रोक्यो। पछिल्लो खेलमा कर्णाली पोखरासँग ३४ रन, काठमाडौंसँग ५ विकेट, विराटनगरसाग ३ विकेट तथा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो। त्यसअघि पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित कर्णाली दोस्रो खेलमा भने लुम्बिनीवरुद्ध ९ विकेटको जित निकालेको हो।

साबिक विजेता जनकपुर मात्र चितवनविरुद्ध ६ विकेटले विजयी भयो। अन्य सबै खेलमा पराजित भयो। टोली लगातार काठमाडौंविरुद्ध ५ विकेट, विराटनगरविरुद्ध ९ विकेट, पोखराविरुद्ध २५ रन, सुदूरविरुद्ध ६ विकेट तथा लुम्बिनीविरुद्ध पछिल्लो खेलमा ४ विकेटले पराजित भएको थियो।

योसँगै लिग चरणका खेल सकिएका छन्। यसअघि शीर्षस्थानमा रहँदा सुदूरपश्चिम, दोस्रो स्थानको विराटनगर किंग्ससहित तेस्रो काठमाडौँ र चौथो लुम्बिनी प्लेअफमा स्थान बनाइसकेका छन्। कर्णाली र जनकपुरसँगै पोखरा र चितवन पनि समूह चरणबाटै बाहिरिएका छन्।

जनकपुरको लागि संजय कृष्णमुर्थीले सर्वाधिक ५१ रन बनाए। ३८ बलमा उनले १ चौका र ४ छक्का हिर्काएका हुन्। संजयले ३७ बलमा ५० रन बनाए। अमेरिकाका २२ वर्षीय खेलाडीले यसअघि सुदूरपश्चिमविरुद्ध पनि ५० रन बनाएका थिए।

श्रीलंकाका ३० वर्षीय ब्याटर संगिथ कोरीले ३२ बलमा २५ रन बनाए। १ चौका प्रहार गरेका उनलाई सोमपाल कामीले नाजिबुल्लाह जाद्रानबाट क्याच गराएका हुन्। कोरीले संजयसँग मिलेर पाँचौं विकेटको लागि ६० बलमा ७५ रनको साझेदारी गरेका थिए।

यसअघि ओपनर माज सदाकतले १६ बलमा १२ रन बनाएर एलबिडब्लु धरापमा परे। मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह डक आउट भए। मयन यादवले ९ रन बनाए। जनकपुले ६।६ ओभरमा ४ विकेट गुमाउँदा मात्र २९ रन बनाएको थियो। दुई खेलाडीले ६।६ ओभरमा २९ रन बनेपछिको अवस्थाबाट टोलीलाई ठूले साझेदारी गराएका थिए। कप्तान जान निकोल इटनले १३ रनमा अविजित रहे।

कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा १८ रन दिए। चार ओभर नै बलिङ गरेका मार्क वाट र पवन सरार्फले समान एक विकेट लिए। नन्दन यादव र सोमपाल कामीको नाममा पनि एक विकेट रह्यो।

यसअघि कर्णालीको लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बलमा समान एक चौका र एक छक्का हिर्काएका इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए। २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए।

भारतीय चर्चित खेलाडी प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे। तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन्। १५ र बनाएका विलियम बोसिस्टोलाई आदित्य महराले बोल्ड गरेका थिए। नाजिबुल्लाह जाद्रनले पनि १३ रन मात्रै बनाए। कप्तान सोमपाल कामी भने १८ रन बनाएर अविजित रहे।

दोस्रो एनपिएलमा पहिलो सतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे। पवन सरार्फ पनि १ रन बनाएर पेभिलियन फर्किएपछि कर्णाली सानो स्कोरमै खुम्चिएको थियो। कमब्याक गरेका अर्जुन घर्ती पनि ४ रन बनाएर रन आउट भएका थिए।

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललित र आदित्य महताले समान सर्वाधिक २ विकेट लिए। संगित कोरी, अनिलकुमार साह र माज सादकतले समान एक विकेट लिएका थिए।

सोमबार प्रतियोगिताको विश्राम दिन हो। मंगलबार हुने पहिलो क्वालिफायर्समा सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।