२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकहरूलाई धितो सकार गर्दा हदबन्दी नलाग्ने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले कर्जा ‘डिफल्ट’ भई धितो सकार गर्दा हदबन्दीभन्दा धेरै नपाइने भएको छ ।

सरकारले भूमि ऐन २०२१ संशोधन गरेर हदबन्दी नलाग्ने व्यवस्था गरेकोमा त्यसलाई तत्काल कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएपछि रोकिएको हो ।

भूमि ऐन २०२१ को दफा १२ ‘च’ अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा असुली क्रममा सकार गरी आफ्ना नाममा दर्ता कायम गरेको गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्रमा बेचबिखन गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त अवधिभित्र बेचबिखन नगरे सरकारको स्वीकृति लिएरमात्र बेचबिखन गर्न पाउने भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ ‘च’ को संशोधित व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र डा। नहकुल सुवेदी समेत भएको ५ जनाको संवैधानिक इजलासले १० मंसिर २०८२ मा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० समेतले सरकार समेतलाइ विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

भूमिसम्बन्धी ऐनमा थप भएको उक्त दफा १२ ‘च’ को संशोधित व्यवस्था नेपालको संविधानको धारा १७ (२) (च) र धारा २५ को सम्पत्ति सम्बन्धी हकसँग बाझिएकाले प्रारम्भदेखि नै बदर गरिपाउँ भनी संवैधानिक इजलास समक्ष उत्प्रेषण परमादेश समेतको रिट दायर भएको थियो ।

सोही रिट निवेदनमा सुनवाइ गर्दै सर्वोच्चले उक्त विषयको विवाद किनार नलाग्दासम्म कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश दिएको हो ।

संवैधानिक इजलासले ‘गैरबैंकिङ सम्पत्ति बैंक वा वित्तीय संस्थाले आफूसँग रहेको सुरक्षण लिलाम गर्न नसकी बाध्यात्मक रूपमा राख्नुपर्ने भएकाले गैरबैंकिङ सम्पत्ति ३ वर्षपछि बेचबिखन गर्न नेपाल सरकारले अनुमति नदिए बैंकको लगानी जोखिममा पर्ने देखिएको र भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ‘च’ को व्यवस्था संविधानको धारा १७ (२) (च) र धारा २५ सँग बाझिएको प्रश्नसमेत रहेको सर्वोच्चको आदेशमा उल्लेख छ ।