२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिन्हाको दाबी : ‘उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्त्व बढ्दै गएको छ’

अ+ अ-

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका हुन् ।

प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव केन्द्रित सेवाको संयोजन भएको उनले बताए ।

‘नागरिक उड्डयनको नवप्रवर्तनको प्रवर्द्धन भन्ने नाराका साथ आज हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइरहेका छौँ । त्यसैले आजको दिन हामी सबैको महत्त्वपूर्ण रहेको छ । आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुगाउने माध्यम मात्र होइन,’ उनले भने, ‘यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव केन्द्रित सेवाको मेलमिलाप हो । उडानहरू अझै सुरक्षित, पर्यावरणमैत्री र यात्रु अनुकूल हुनको लागि विश्व भरी नै नयाँ नयाँ प्रवर्तनहरू भइरहेका छन् ।’

विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रु अनुकूल बनाउन नयाँ-नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तीव्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख पनि उनले गरे ।

‘अहिले प्रविधि र एआईजडित सेवाहरू पनि आइरहेका छन् । तर केविन क्रूको भूमिकालाई मसिनले प्रतिस्थापन गर्न सक्छ । मैले निष्कर्ष निकालेको छु । सक्दैन । जुन सेवा यहाँहरूले प्रदान गरिरहनुभएको छ । त्यो सेवा मेसिनले प्रवाह गर्न सक्दैन,’ उनले भने, ‘त्यही भएर मैले सुरु मै भने मानव केन्द्रित सेवाले मात्रै सञ्चालन हुन्छ । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी अनियमित मौसम र यात्रुको मनोदशा तथा हरेक परिस्थितिमा तपाईँहरूको साहस र करुणा नै तपाईँहरूको पहिचान हो ।’