काठमाडौँ । नेकपा एमालेका नेता कर्ण थापाले अहिलेको अवस्थामा नेकपा एमाले विधिबाट नचलेकाले महाधिवेशनबाट नयाँ नेतृत्वमा जानुपर्ने बाध्यतात्मक अवस्था आएको जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र उनका समूहमा रहेका नेताहरूको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले यसरी पार्टी चल्नै नसक्ने बताए ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने निचोडका साथ नेतृत्व परिवर्तन गर्नुपरेको जनाए ।
थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेका कारण परिवर्तन आवश्यक रहेको बताउँदै भने ‘हामी बहस गर्न चाहन्छौँ। तर्क-वितर्क गर्न चाहन्छौँ। देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौँ,कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने भएकाले ओलीले बिदा लिनुपर्ने प्रष्ट धारणा हो ।







