२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

अ+ अ-

सुर्खेत । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरूले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरूले सरकारको यस कार्यले निराशा छाएको दु:खेसो गरेका छन् । सुर्खेत वीरेन्द्रनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले कोभिड, भूकम्प, जेनजी प्रदर्शन, अन्तरराष्ट्रिय मूल्य वृद्धि, बैंकको उच्च ब्याजले थला परेको निजी क्षेत्रको मनोबल उठाउन प्रदेश सरकारले भूमिका नखेलेको दु:खेसो गरे ।

उद्योग, कलकारखाना, लगानी र पूर्वाधारको अभावमा पछाडि परेको कर्णालीमा प्रदेश सरकारले गरेका निर्णय, लिइएका नीतिहरूले निजी क्षेत्रमा थप चोट पुर्‍याएको दोषारोपण गर्दै उनले यहाँको विकास र समृद्धिमा सहयोग पुर्‍याउन ११ बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जनाए। जसमा कर्णाली राजमार्ग सुधारसहित २४सै घण्टा निर्बाध रूपमा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअफ उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

कर्णालीको आन्तरिक नियमित हवाई उडान सञ्चालन हुनुपर्ने, कर्णाली सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्नुपर्ने, कोसेली गृह नि:शुल्क रूपमा सञ्चालन तथा नीतिगत सुधार हुनुपर्ने, मेला महोत्सवको सञ्चालन निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने भन्ने माग राखिएको छ ।

कर्णाली प्रदेशस्तरीय औद्योगिक पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन, लघु औद्योगिक ग्रामका उद्यमी प्रवर्द्धनका लागि हालको भाडा दर घटाउनुपर्ने र सम्झौता अवधि बढाउनुपर्ने र कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रमा होटल व्यवसाय २४सै घण्टा गर्न पाउनुपर्ने विषय ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिए ।