२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीको पुनर्संरचना गर्न शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलको सुझाव

अ+ अ-

काठमाडौँ । शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले संघीयताको मर्मअनुरूप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीइभीटीको पुनर्संरचना गर्न सरकारलाई सुझाव दिएको छ । 

विद्यार्थी अभावमा धेरै शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेपछि त्यस्ता संस्था म्यापिङका आधारमा समायोजन गर्न र नमुना शिक्षालय सञ्चालन गर्न कार्यदलले सुझाव दिएको छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको नेतृत्वमा कार्ययदल गठन गरेको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सीटीइभीटी अन्तर्गत ११ सयको हाराहारीमा शिक्षालय सञ्चालित छन् । तीमध्ये ५० प्रतिशतभन्दा बढीमा विद्यार्थी अभाव छ । त्यसमाथि पनि गुणस्तरीय र बजार उन्मुख पाठ्यक्रम नहुँदा उत्पादित जनशक्ति बेरोजगार हुनु परिरहेको अवस्थामा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वको कार्यदलले संघीयताअनुरूप पुनसंरचना गर्न सिफारिस गरेको छ । 

विद्यार्थी नभएका या कम भएका शिक्षालय बन्द वा समायोजन तत्काल सुरु गर्न कार्यदलले सुझाव दिएको छ । प्राविधिक शिक्षालयमा पुर्वाधार, गुणस्तर र दक्षजनशक्ति नहुनु अर्को समस्या रहेको भन्दै कार्यदलले ती सबैको उचित व्यवस्थासहित गुणस्तरीय शिक्षा दिन कार्यदलले सरकारलाई सुझाव दिएको छ । 

शिक्षा मन्त्रालय मातहतको ९ देखि १२ कक्षासम्म प्राविधिक विषय पठनपाठन हुने विद्यालयको संख्या ५० मा सीमित गर्नसमेत सुझाव दिइएको छ । यस्तै हरेक प्रदेशमा ३ वटा नमुना प्राविधिक शिक्षालय सञ्चालन गर्न र प्राविधिक धारबाट उच्चशिक्षाको सहज वातावरण बनाउनसमेत शर्मा कार्यदलले सुझाव दिएको छ ।

कार्यदलले प्राविधिक शिक्षासम्बन्धी छुट्टै ऐन ल्याउन पनि सरकारलाई सुझाव दिएको छ । त्यसो त संघीयतापछि सिटीइभीटीको पुनर्संरचनाका लागि भन्दै सरकारले योसमेत गरी पाँच पटक कार्यदल गठन गरिसकेको छ । तर प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन । यसपालिको प्रतिवेदन कति कार्यान्वयन हुन्छ, चासोको विषय बनेको छ ।