२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा

अ+ अ-

आमाबुबा जीवित हुँदाहुँदै पनि प्रलोभन, गरिबी र ‘उज्ज्वल भविष्य’का नाममा बालगृहमा पठाइने बालबालिकाको संख्या बढ्दो छ। धेरै बालगृह बालमैत्री नहुँदा शिक्षा, स्वास्थ्य, मनोसामाजिक अवस्था र पहिचानसहितका समस्या बढेका छन्।

काठमाडौँ । आमाको काख र बुबाको साथ । छोराछोरीले महसुस गर्न सक्छन् । यही शब्द काभ्रेकी सविता विश्वकर्मालाई सोध्नुभयो भने उनले आमा र बुबा शब्द उच्चारण गर्न सक्छिन् तर त्यसको आत्मीय भाव महसुस गर्न सक्दिनन् । दुई वर्षको कलिलो उमेर, जतिबेला उनले तोते बोलीले आमा र बा भन्न सिक्ने बेला थियो । त्यति बेला नै सविताका आमाबुबाले छोरीहरूको उज्ज्वल भविष्यको कामना गर्दै एकैसाथ तीन छोरीलाई काठमाडौँको एक बालगृहमा हुर्काउने जिम्मा लगाएका थिए ।

अहिले २३ वर्षकी सवितालाई बालगृहमा बिताएका ती क्षण जति दुःखदायी थिए, बालगृहबाट निस्किएपछि पनि उस्तै कष्टकर रहेको उनको अनुभव छ । सँगै गएका दिदी र बहिनी विदेशीले धर्मपुत्र बनाएर लगेपछि त सविनाले झनै एक्लो महसुस गरिन्। दुई वर्षको उमेरदेखि १८ वर्षसम्म बालगृहमा बिताएर परिवार भेट्न पुग्दा सवितालाई आत्मीय भाव जगाउन निकै कठिन भएको थियो । विदेशमा भएका दिदीबहिनीसँग भेट हुँदा पनि भाषा र संस्कृति, हुर्काइका कारण अन्तरसम्बन्ध विस्तार हुन नसकेको उनले बताइन् ।

उनले दुई वर्षको उमेरदेखि बालगृहमा बिताएका दिनहरू दुःखदायी छन्। बालगृहमा आउँदा सविताकी आमाले सवितालाई भने अनुसार जेठी छोरी पाँच वर्षकी माइली (सविता) दुई वर्षकी र कान्छी छोरी एक डेढ वर्षकी हुँदी हुन् । आमाको काखमा लुट्पुटिने रहर नपुग्दै बालगृहको कठोर हेरचारमा बाँधिनुपर्ने सविताको बाल्यकाल निराश त भयो नै, त्यसका कारण अहिलेसम्म उनी मानसिक रोगसँग जुध्दै छिन् । “म एक्लै महसुस गर्छु, समाजमा घुलमिल हुनै सक्दिन । यसले गर्दा डर त्रास बढ्दै गयो । अहिलेसम्म डिप्रेसनको औषधि सेवन गर्नुपरेको छ”, उनले भनिन् ।

सविनाले बालगृहमा बसेर बालबालिका सुरक्षित र राम्रो हेरविचार पाउँछन् भन्ने सुनिश्चित नभएको बताउँछिन् । सकेसम्म आमा–बुबा वा आफन्तसँगै हुर्काउन आवश्यक छ । कतिपय बालगृह बालमैत्री नहुँदा न राम्रो शिक्षा पाएका छन्, न त स्वस्थकर जीवन बिताएका छन् । बालगृहमा बसेका बालबालिकाको डरलाग्दो सामाजिक र मनोवैज्ञानिक अवस्था देखेर सविनालगायत बालगृहमा हुर्किएका बालबालिकाले बालबालिकालाई घरमै हुर्किने वातावरण मिलाउन आग्रह गर्दै आएका छन् ।

हुम्ला घर भएका हरि बुढाथोकीलाई ११ वर्षको उमेरमा घर छोडेर बालगृह आउनुपर्यो । बालगृहका मान्छेले हुम्लामा घुम्न आएका एक व्यक्तिले उनको दिदीलाई भेटेर भाइलाई राम्रो स्कुलमा पढाइदिन्छौँ भन्दै आश्वासन देखाएर काठमाडौँको एक बालगृहमा लैजाने अनुमति मागे । हरिका अनुसार दिदीले आमाबुबासँग कुरा गरिन् । सुरुमा दिदीले मानेकी थिइनन् । आमाबुबाले पनि राम्रो पढ्न पाउँछ भने भाइको सुन्दर भविष्यका लागि भनेर हरिको परिवारले बालगृह पठाउने निधो गर्‍यो ।

गाउँघरमा रमाएको बच्चा अचानक काठमाडौँ बिरानो ठाउँमा बालगृहमा बस्नुपर्दा जेलमा आएजस्तै महसुस भएको हरि बताउँछन् । उनी अहिले २३ वर्षको भए । तीन वर्षसम्म मात्रै बालगृहमा बसेको अनुभव रहेको सुनाउँदै उनले छोराछोरीको भविष्य परिवारसँगै राम्रो हुने बताउँछन् । “राम्रो पढाउने भनेर बालगृह पठाएका मेरा आमाबुबालाई के थाहा मैले त्यहाँ कापी–कलमसमेत पाउन मुस्किल पर्थ्यो ।”

हुम्लाका विनोदका एउटै घरका तीन दाजुभाइ र एक बहिनी बालगृहमै हुर्किए । घरको आर्थिक स्थिति कमजोर थियो । दाउरा बेचेर घर खर्च चलाउनुपर्ने बाबुआमाको अवस्था थियो । गाउँमा एक नेताका रूपमा चिनिने आफन्तले नै विनोदका बाबुआमालाई छोराछोरी काठमाडौँमा लैजाने र ठूलो मान्छे बनाउने भनेर प्रलोभन देखाए । घरमा हातमुख जोड्न कठिन भएको बेला पालिदिने खुसीले विनोदका बुबा आमाले छोराछोरी काठमाडौँ पठाए ।

एघार वर्षको उमेरमा बालगृह आएर बसेर हुर्किएका विनोद अहिले २३ वर्षको भए। विगत सम्झिँदै भन्छन् । , “पेटभरि खान पाइँदैनथ्यो । एउटै खाटमा छ जनासम्म कोचिएर सुत्थ्यौँ । दाता (डोनर) ले दिँदासम्म राम्रै लाउँथ्यौँ । त्यसपछि पुरानै च्यातिएका लुगामा बस्नुपर्थ्यो ।” घरको गरिबी देखेर सुखमा हुर्किने आश्वासनसहित बालगृह आएका विनोदजस्ता थुपै परिवारका बालबालिकाले बालगृहमै गरिबी र अभाव भोग्नुपरेको छ ।

काठमाडौँबाट पढेर आएको छोराले घर सम्हाल्छ भन्ने आमाबाबाको आशालाई विनोदले पूरा गर्न नसक्दा अहिले परिवारसँगै सुमधुर हुन नसकेको बताउँछन् । “बालगृह छोडेर घर फर्किदा आफ्नै आमाबुबाले बोल्ने हुम्ली भाषा बुझ्नै सकिन । यसले गर्दा कुराकानी दैनिकीमै समस्या भोग्नुपर्‍यो”, विनोदले भने, “एक अर्काको भावना नबुझ्दा अहिले आमा र मेरो सम्बन्ध नै बिग्रिएको छ । हामी छुट्टाछुट्टै बस्नुपरेको छ ।”

काठमाडौँमा हालै हिमाली नवीन समाज संस्थाले आयोजना गरेको एक कार्यक्रममा विनोद, हरि सवितालगायत बालबालिकाले बालगृहमा बस्दा र निस्किएपछि समाजमा खेप्नुपरेको चुनौतीबारे बालेका थिए । उनीहरूका अनुसार बालबालिकाको हुर्काइ परिवार र समाजमै सुन्दर हुने बताएका थिए । बाल गृहलाई बालबालिकाको अन्तिम विकल्पको रूपमा मात्रै प्रयोग गर्न उनीहरूको आग्रह थियो ।

बाल अधिकारकर्मी एवं हिमाली नवीन समाजमा आबद्ध सुरेन्द्र लामा तामाङका अनुसार बालगृह सञ्चालन गर्न दुर्गम ठाउँमा पुगेर ऐजन्टहरू नै विभिन्न प्रलोभन देखाइ बालबालिकालाई बालगृहसम्म ल्याउने गरेका छन् । यसमा परिवारले नै स्वेच्छाले बालगृहमा राम्रो भविष्य बन्ने सोचका साथ आफ्ना बच्चा अरूलाई जिम्मा लगाउने गर्छन् । “बालगृहमा बसेका बालबालिकाको मानसिक स्थिति अत्यन्त नाजुक छ”, उनले भने, “उनीहरूलाई समाजमा अन्तरघुलन हुन कठिन छ ।” उनका अनुसार बालबालिकालाई बाल गृहसम्म ल्याउने अभिभावक नै बढी छन् । “अभिभावकहरूले स्थानीय ‘एजेन्ट’लाई आफ्नो छोराछोरी जिम्मा लगाउने मात्र नभई पछिसम्म पढ्न लेख्न पाउने र उज्ज्वल भविष्यको आशामा नगद पैसासमेत दिने गरेको देखिन्छ”, उनले भने ।

राष्ट्रिय बाल अधिकार परिषद्को तथ्याङ्कका अनुसार ४३ जिल्लामा रहेका ३६६ बालगृहमा हाल १० हजार १९३ जना बालबालिका बसोबास गरिरहेका छन् । तीमध्ये २०७ बालगृहले सञ्चालन अनुमति लिएकामा विविध कारणले आठ वटा संस्था बन्द भएको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार कूल बालगृहमध्ये करिब ६० प्रतिशतका बुबाआमा दुवै र २० प्रतिशतका बुबा आमामध्ये एक जना जीवित रहेका छन् ।

नेपालमा सञ्चालित कूल बालगृहमध्ये, ६६ प्रतिशत बालगृह काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की जिल्लाहरूमा केन्द्रित रहेका छन् । बालअधिकारकर्मी लामाका अनुसार अध्ययनका क्रममा ती जिल्लाहरूमा बालगृहहरू बढी केन्द्रित हुनुको कारण त्यहाँ पर्यटकीय क्षेत्र भएकाले विदेशी पर्यटकको आवागमन उच्च हुने हुँदा आर्थिक सहयोग प्राप्त गर्न तुलनात्मक रूपमा सहज हुने निष्कर्ष निकालेको छ । बालगृहमा राखिएका बालबालिकालाई पर्यटकहरूको चहलपहल हुने स्थानमा लगी माग्न लगाउने गरेको अध्ययनबाट थाहा भएको थियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसमा अनाथ बालबालिका, अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका साथै बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिका, आमा बुबालाई गम्भीर शारीरिक वा मानसिक अपाङ्गता वा अशक्तता भएका कारण उचित हेरचाह नपाएका बालबालिका, कानुनी विवादमा परेका बालबालिकाको संरक्षणमा ऐनले जोड दिएको छ ।

वैकल्पिक हेरचाहको लागि सिफारिस भएका बालबालिका, थुनामा रहेका वा बन्दी बुबा वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका, जबरजस्ती करणी वा कानुनबमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण गर्न नसक्ने भनी बाल कल्याण अधिकारीसमक्ष निवेदन परेका बालबालिका, बाबु, आमा वा अभिभावकबाट दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितको लागि परिवारबाट अलग गरिएका बालबालिकालाई वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिका भनिएको छ ।