काठमाडौँ । मधेस प्रदेश लोक सेवा आयोगले निजामती सेवाका सहायक पाँचौँ (अप्राविधिक/प्राविधिक)पदमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ ।
मधेस लोक सेवा आयोगले बिहीबार एका सूचना जारी पाँचौँ (अप्राविधिक/प्राविधिक)पदमा बढुवाको लागि दरखास्त आह्वान गरेको हो ।
प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रदेश निजामती सेवाका सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई दरखास्त दिन पर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।
उम्मेदवारले एकप्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त तोकिएको मितिसम्म फाराम आयोगको कार्यालयमा बुझाउनु पर्ने छन् । फाराम बुझाउने अन्तिम मिति पौष १६ सम्म रहेको छ ।








