२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धिको कारण सुस्त : विश्व बैंक

अ+ अ-

नोमपेन(कम्बोडिया)। सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्‍याएको विश्व बैंकको आर्थिक प्रतिवेदनले जनाएको छ । 

कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको थियो जुन सन् २०२४ मा ६ प्रतिशत थियो ।

सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

 गत अगस्ट –१ मा, संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानहरूमा १९ प्रतिशत शुल्क लगाएको थियो ।

“कम्बोडियाले संयुक्त घरेलु र बाह्य कारणहरू बिच एक चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको कम्बोडियाका लागि विश्व ब्याङ्ककी कन्ट्री म्यानेजर तानिया मेयरले बताएका छन् ।

उनले व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको बताएका छन् । 

प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई समेटेको छ । यसै गरी सार्वजनिक ऋण घरेलु उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशत भन्दा कम छ ।

यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशतमा रहेको र विदेशी प्रत्यक्ष लगानी प्रवाह २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।