२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनका लागी अछाम-२ बाट जेन जेड पुस्ताका भण्डारीसहित १५ जना सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर २ को बैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी उम्मेदवार सिफारिस गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले अछाम  क्षेत्र नम्बर २ बाट नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी सहित १५ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको  बैठकले जेन जेड पुस्ताका भण्डारीसँगै जिल्ला पार्टी सभापति एवं निवर्तमान प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, काङ्ग्रेस नेता बलबहादुर कुवर, गणेश बहादुर बिष्ट, पदमराज अधिकारी ,मान बहादुर शाही, रामबहादुर बिष्ट, अक्कल बिष्ट ,देवराज देवकोटा , वेदप्रकाश तिमिल्सैना ,राम बहादुर शाही , जनक धामी  बलराम बिष्ट  बिष्ट, पुष्पराज शर्मा  सिफारिस भएका छन् । त्यस्तै महिला प्रत्यक्ष तर्फ अम्बिका चलाउने र भुमिशरण बजगाईँलाई सिफारिस गरेको छ ।

जेन जेड पुस्ताको नेतृत्व गर्ने गरी आफ्नो उम्मेदवारी रहेको भण्डारीले बताए । भण्डारी अछाम जिल्लामा विगत १२ वर्ष देखी पत्रकारिता पेसामा आबद्ध छन् । उनी जिल्लामा सामाजिक कार्यमा सधैँ सक्रिय रहँदै आएका छन् ।

अहिले मुलुकले परिवर्तन सँगै राजनीति दलभित्र रूपान्तरण र पुस्तान्तरण खोजेकोले युवाहरू पार्टीको नेतृत्व र जनप्रतिनिधिको भूमिकामा आउनु पर्ने बताए ।

काँग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

राष्ट्रिय सभा सदस्यको लागी सुरत बहादुर बिष्ट, टोप बहादुर रावल, बिपी रेग्मीलाई सिफारिस गरिएको छ भने प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ ओम प्रकाश बिष्ट, अम्बि थापा, कमल बिक,टेकबहादुर बिक,पूर्णा शाह,गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही,रमेश रावत, लक्ष्मी बोगटी, दुर्गा थापा, दुरपता शाही, सुरेन्द्र बिष्ट, लक्ष्मी साउद, गगन सार्की, रामबहादुर चलाउने ,जनक बहादुर रावल  सिफारिस गरेको छ ।