काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह पुस १० गते हुने भएको छ।
त्रिविले आज एक सूचना जारी गर्दै यस वर्षको दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुने जानकारी दिएको हो।
त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस १० गते बिहान १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।
हेर्नुस् सूचना :








