२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

अ+ अ-

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका-५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८ क्यू फिट काठ बरामद गरिएको छ । 

डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलीले आज चुरे पहाडी क्षेत्रको उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त काठ बरामद गरेको हो । 

कार्यालय प्रमुख रामविचारी ठाकुरले भने, “चुरे क्षेत्रमा व्यापक रूपमा काठको चोरी तस्करी भइरहेको सूचना पाएपछि गस्ती टोलीले सालको काठ बरामद गरेको हो ।” 

जंगलभित्र हातेआरा प्रयोग गरी चिरान गरेर तस्करले सिस्नु र बाँसको झाङमा लुकाएको अवस्थामा उक्त काठ बरामद गरिएको हो । 

काठ तस्करीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको वन अधिकृत ठाकुरले बताए । सबैभन्दा बढी वन क्षेत्र रहेको कैलाली जिल्लामा पछिल्ला वर्षमा वन फडानी र तस्करी बढ्दै गए पनि रोकथामको प्रभावकारी पहल नभएको जनगुनासो छ । खासगरी जिल्लाका विभिन्न सडक क्षेत्र आसपासमा रहेको वन क्षेत्र फडानी गरेर बस्ती बस्ने गरेको छ ।

स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएका जिल्लाका अधिकांश सामुदायिक वनको संरक्षण, संवर्द्धन एवं व्यवस्थापनको काम भने नमुनाको रूपमा रहेको छ । 

यसैबीच प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वन पैदावार बिक्री वितरण लगाइएको प्रतिबन्ध आज फुकुवा गरिएको जनाएको छ । 

वन पैदावार बिक्री वितरण प्रतिबन्ध लगाउँदा जिल्लाका सामुदायिकलगायत वनमा संकलन गरी घाटगद्दी गरिएको ठूलो परिमाणको काठ कुहिने अवस्थामा पुगेको थियो । विभिन्न सामुदायिक वनका उपभोक्ता समितिले सरकारले वन पैदावार बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।