२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

अ+ अ-

गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्यकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तिका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ति हुन नसकेको हो । 

प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए। “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको छ, तर मन्त्रालयले अहिलेसम्म नियुक्तिको प्रक्रिया अगाडि बढाएको छैन”, उनले भने, “प्रतिष्ठान नेतृत्वविहीन हुँदा योजना र कार्यक्रम कार्यान्वयन प्रभावित भइरहेको छ ।”

सिङ्गो प्रदेशको भाषा, कला, संस्कृति आदिको उत्थानमा क्रियाशील हुनुपर्ने संस्था लामो समयसम्म नेतृत्वविहीन हुनु दु:खद् रहेको उनको भनाइ छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अब छिट्टै नियुक्तिको प्रक्रिया सुरु हुने बताए। “कुलपतिसहित सबै पदमा दरखास्त परिसकेको छ, विविध कारणले नियुक्तिमा ढिलाइ भएको हो, अबको एकदुई हप्तामा नियुक्तिको प्रक्रिया टुङ्गिन्छ”, उनले भने । 

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी ऐनमा कुलपतिका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । उपकुलपति र सदस्यसचिवका लागि स्नातक र सदस्यहरूका लागि कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । प्रतिष्ठानमा नियुक्त हुने व्यक्ति ३५ वर्ष पूरा भई भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याति आर्जन गरेको हुनुपर्ने प्रावधान ऐनमा छ ।