काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।
सोमबार दिउँसो केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम संशोधनको सूचना प्रकाशित गरेको हो ।
संशोधन सूचनाअनुसार, उम्मेदवारको दरखास्त फारम दर्ता ५ बजेसम्मका लागि लम्बाइएको छ ।








