२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक कागती खेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

अ+ अ-

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागती खेती गरेर नमूना किसानको परिचय बनाएका छन् । 

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल इन्जिनियर उनले यसमा रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गरेका छन् । 

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनी भन्छन्, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडौँ पनि पठाउने गरेको छ ।”

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताए। उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन्। तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।  

काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा  गरेका उद्यमी लोहनीले भने, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागती खेतीमा लागेको हुँ ।” गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउछन् ।