२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान शोधवृत्तिका लागि शोधकर्ता आव्हान

अ+ अ-

काठमाडौँ । एकीकृत, सन्तुलित र सर्वांगीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको छ । 

अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको कामपा सहरी योजना आयोगका सहायक विज्ञ विवेक बाँस्तोलाले जानकारी दिए । 

विज्ञ बाँस्तोलाका अनुसार अनुसन्धानबाट प्राप्त तथ्यले काठमाडौँको सन्तुलित, एकीकृत र सर्वांगीण विकासका लागि सहयोग गर्नेछ । सो तथ्य कामपाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रम र बजेट विनियोजन प्रक्रियालाई तथ्य र आवश्यकतामा आधारित बनाउनमा प्रयोग गरिने छ ।  

महानगरले इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य, सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययनलगायत विषयलाई प्राथमिकतामा राखेर विषयगत ज्ञान, अनुभव र विशेषज्ञता हासिल गरेका विज्ञहरूबाट अनुसन्धान गराउँदै आएको छ । 

यस वर्षका लागि कामपाले सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, महानगरको पहिचानमा सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, आर्थिक समृद्धिका लागि नवप्रवर्तन, सहरी यातायात प्रणालीको पूर्वाधार, वातावरण, जलवायु र उत्थानशीलता, सामाजिक समावेशीकरण र समता, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा, स्वास्थ्य र कल्याण र तथ्यांकमा आधारित अनुगमन मूल्यांकन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरेको छ । 

छानिएका आवेदकलाई महानगरपालिकाले करसहित रु. एक लाख ५० हजार उपलब्ध गराउने जनाएको छ ।