२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

अ+ अ-

बागलुङ । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु. ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।

सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडा बाख्रा र गाई भैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।

सिकार आरक्षले आर्थिक वर्ष २०७९/८० मा २४ लाख ९२ हजार, २०८०/८१ मा १२ लाख र २०८१/०८२ मा रु. एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।

“सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरूले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आउनुभएको छ, हरेक वर्ष वन्यजन्तुले बस्तुभाउलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने हुँदा किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको छ”, रेन्जर सुवेदीले भने ।

आहारको खोजीमा भौँतारिने वन्यजन्तुले बर्सेनि पशु चौपायामा क्षति पुर्‍याउने गरेको छ । वन्यजन्तुले बारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ । तर सिकार आरक्षले बाली क्षतिको राहत भने किसानलाई दिने गरेको छैन । हरेक वर्ष वन्यजन्तुबाट हजारौँको आलु, सिमीलगायतका बाली नष्ट गर्ने गरेको ढोरपाटन नगरपालिका-९ का स्थानीय तमबहादुर सुनारले बताए । बँदेल, बाँदर, चितुवालगायतका वन्यजन्तुले भेडा बाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको उनले बताए ।

निसीखोला गाउँपालिका-५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले सिकार आरक्षले बाली क्षतिको पनि राहत उपलब्ध गराउनुपर्ने बताए ।