काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको हो ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।







