काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ ।
आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरूसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणको लागि प्रदेशगत नेताहरू तोकिएको छ ।
छलफल सहजीकरणको लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्र र प्रदेशका नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।







