२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश राउतले भने : ‘न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो’

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताएका छन् ।

न्यायपरिषद् दिवस २०८२ का अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायपरिषद् सिंगो न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय भएको बताएका छन् ।

“न्याय परिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय हो, यो न्यायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संवैधानिक संरक्षक हो”,प्रधान न्यायाधीश राउतले भने, “न्यायपरिषद्को प्रत्येक निर्णयले केबल एउटा व्यक्ति वा संस्थालाई मात्र प्रतिबिम्बित गर्ने होइन, न्यायप्रतिको जनविश्वासलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ ।”

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतन्त्रको अपरिहार्य आधार स्तम्भका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले संविधानमा लेखिएको मूल्यमान्यताको मूर्तरूप कार्यान्वयन गर्ने संस्थाहरू सक्षम, निष्पक्ष र जबाफदेहीपूर्ण भए मात्र हुने बताए ।

प्रधान न्यायाधीश राउतले न्यायपरिषद्को प्रभावकारिता अभिवृद्धिमा सरोकारवाला निकायको सकारात्मक सहयोग अपरिहार्य हुनुपर्ने र सबैको सामूहिक प्रयासबाट नै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामार्फत हुनुपर्नेमा जोड दिए ।

“न्यायिक निष्पक्षता, स्वतन्त्रता र सक्षमता न्यायपालिकाका आधारभूत मूल्य हुन, जुन सम्पूर्ण न्यायकर्मी र कर्मचारीले आ–आफ्नो कार्यसम्पादनको सिलसिलामा कहिल्यै भुल्न मिल्दैन”, उनले भने, “जनताको न्यायपालिकाप्रतिको विश्वास र भरोसा कानुनले सिर्जना गरेका बाध्यता नभई न्यायकर्मीको काम र व्यवहारबाट हासिल हुने स्थिति हो, न्यायिक प्रक्रियाको स्वच्छ र प्रभावकारी व्यवस्थापन एवं त्यसका आधारमा निष्पादन हुने निष्पक्ष न्यायले नै न्यायालय र न्यायकर्मीको गरिमा बढ्ने हुनाले आफ्नो व्यावसायिक दक्षताको इमानदारीपूर्वक र अधिकतम् प्रयोग गरी न्यायप्रति नै सबैले आफूलाई समर्पित गर्न जरुरी छ ।”

उनले प्रक्रियामा कुनै पनि कृत्रिम अवरोध सिर्जना गर्ने, व्यावसायिक धर्मबाट विचलित भएको कुराको ढाकछोप गर्ने, न्यायको प्रवाहलाई अवरुद्ध गर्ने र अन्ततः न्यायको मर्म र गरिमामा प्रहार गर्ने कुनै पनि साना ठुला क्रियाकलाप अक्षम्य रहने कुराको हेक्का राख्दै अहिलेको विषम परिस्थितिमा सबै संस्था एवं निकायले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने भनाई राखेका छन्।

प्रधान न्यायाधीश राउतले भने, “सबैले सबैको सम्मान गर्ने, सबैले आआफ्नो भूमिका र जबाफदेहिता निर्वाह गर्ने र असल अभ्यासलाई स्थापित गर्दै आआफ्नो कर्म क्षेत्रमा निरन्तर डटेर लाग्नुपर्ने भएको छ ।”

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले न्यायपालिकाको स्वतन्त्रताको संस्थागतरुपमा सुदृढीकरण गर्नुपर्ने र न्यायपालिकाको साख उठाउने काममा सबै लाग्नुपर्ने बताए ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सम्पूर्ण न्यायाधीशले निडर भएर स्वच्छ र सक्षम भएर काम गर्नु आग्रह गर्दै सिंगो न्यायपालिकाको सबैको साथमा हुने प्रतिबद्धता व्यक्त गरिन् । उनले देशमा सुशासन कायम गर्न र स्वच्छ ढंगले राज्य सञ्चालन गराउनका लागि न्यायपालिकाले सुन्नु र हेर्नुपर्ने बताइन् ।

वरिष्ठतम् न्यायाधीश मल्लले न्यायाधीशलाई कसैको प्रभावबाट जोगाउनुपर्ने चुनौती, जनताको आस्थाबाट उठेका प्रश्न परिषद्मा भएका निराशालाई आशामा परिणत गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

महान्यायाधिवक्ता सविता बरालले न्यायपालिकाले अहिलेसम्म हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै उत्तरदायी र जनमुखी न्यायनिरुपणमा ध्यान दिनुपर्ने आवश्यकता भएको बताइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले मुलुकलाई सही मार्गमा ल्याउनका लागि तोकिएको मितिमा निर्वाचन हुन नसके संसद् पुन:स्थापना हुनुपर्ने बताइन् । उनले संसद् नभएको अवस्थामा संसदीय सुनुवाइसमेत नहुने भएकाले यस्तो अवस्थामा न्यायालयमा नेतृत्वविहीन अवस्था आउने बताइन् ।

सर्वोच्च अदालत बार एशोसिएनका कार्यवाहक अध्यक्ष अम्बरबहादुर राउतले न्यायाधीश नियुक्ति गर्दा जनअपेक्षाअनुसार न्यायाधीश नियुक्ति जरुरी भएको र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

न्यायपरिषद् दिवसका अवसरमा उच्च अदालत विराटनगर इलाम इजलास प्रमुख भई काम गर्ने न्यायाधीश विपुल न्यौपाने र रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई जनहरू रु. १५ हजारसहित प्रधान न्यायाधीशले सम्मान गरेका थिए ।