२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ वर्षसम्म पनि कर्मचारीको सरुवा नगर्नुको कारण पेश गर्न मुख्यमन्त्री कार्यालयलाई १५ दिनको अल्टिमेटम

अ+ अ-

काठमाडौँ । आठ वर्षसम्म पनि प्रदेश सरकारले सरुवा नगरेको भन्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू अदालत पुगेका छन्। सरुवा सहमति लिएर पटक-पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धाउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर अदालतको शरण लिनुपरेको एक कर्मचारीले बताएका छन्।

प्रदेशभरका स्थानीय तहका कर्मचारीहरूले केही दिनअघि उच्च अदालत दिपायलमा मुद्दा दर्ता गरेका थिए। अदालतले कर्मचारीहरूको पक्षमा फैसला सुनाउँदै आठ वर्ष बितिसक्दा पनि सरुवा नगर्नुको कारण १५ दिनभित्र पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ।

दोहोरो सहमति जुटाएर-सरुवा हुन चाहेको स्थानीय तह र हाल कार्यरत स्थानीय तह दुवैको सहमति पत्रसहित-निवेदन पेश गर्दा पनि प्रदेश सरकारले सरुवा नगरेको कर्मचारीहरूको गुनासो छ। सरुवा सहमति सहित निवेदन दर्ता गराउँदा समेत बेवास्ता गरिएको भन्दै उनीहरू उच्च अदालतको ढोका ढकढकाउन पुगेका हुन्।

कर्मचारीहरूका अनुसार प्रदेश सरकारले आठ वर्षसम्म स्थानीय सेवा ऐन नै नबनाउँदा समस्या चुलिएको हो। गत असारमा ऐन ल्याइए पनि विवादित बनेको र हालसम्म नियमावली नबनेकाले सरुवा प्रक्रिया ठप्प भएको उनीहरूको भनाइ छ। नियमावली नहुँदा एउटै कार्यस्थलमा आठदेखि १० वर्षसम्म कार्यरत कर्मचारीहरूको वृत्ति विकास समेत प्रभावित भएको उनीहरूको गुनासो छ।

नाम नबताउने सर्तमा एक कर्मचारीले प्रदेश सरकारले ऐन ल्याउँदा एक महिनाभित्र नियमावली ल्याउने प्रतिबद्धता जनाएको भए पनि पाँच महिना बितिसक्दा समेत कुनै प्रक्रिया अघि नबढेको बताए। करार कर्मचारी राख्न र आफ्ना नजिकका व्यक्तिलाई भर्ती गराउन नियमावली ल्याउन ढिलाइ गरिएको आरोप पनि उनले लगाए।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीश जोशीले नियमावली नबनिनु र स्थानीय तहका कर्मचारीहरूको यकिन संख्या नहुँदा सरुवा प्रक्रिया रोकिएको जानकारी दिए। यस विषयमा थप छलफल भइरहेको समेत उनले प्रशासनलाई बताए ।