२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक संस्थाको र्‍याङकिङ र आधिकारिकता हेरेर मात्रै जान बिदेसिने विद्यार्थीलाई शिक्षा मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँदा र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र जान विद्यार्थीलाई आग्रह गरेको छ । 

मन्त्रालयले सूचना जारी गरेर विदेशी विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थी ठगिएको गुनासो आएपछि र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिएर अध्ययनमा जान अनुरोध गरेको हो ।

‘विदेशमा उच्च शिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिई विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूबाट विभिन्न समयमा आफ्नो शिक्षण संस्था आधिकारिक नभएको, विश्वविद्यालय/कलेजको भौतिक सुविधासमेत शिक्षण अनुकूल नभएको तथा आफू ठगीमा परेको भन्ने गुनासो आइरहेको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ ।

विश्वविद्यालय वा शिक्षण संस्थाको वेबसाइट उपलब्ध रहेको र शैक्षिक संस्था वा विश्वविद्यालयको वरीयताक्रम प्रदान गर्ने टाइम्स हाइयर एजुकेसन वा क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ वा सांघाइ जियातोङ र र्‍याङकिङको वरीयता हेरेर विश्वविद्यालय/कलेज आधिकारिक रहे/नरहेको पहिचान गर्न मन्त्रालयले भनेको छ ।

‘टाइम्स हाइयर एजुकेसन वा क्यूएस वर्ल्ड युनिभर्सिटी र र्‍याङकिङ वा सांघाइ जियातोङ र्‍याङकिङको वरीयता सूचीमा उल्लेख भए/नभएको यकिन गरेर मात्र वैदेशिक अध्ययन अनुमति पत्र अनलाइन फारम भर्न, लिन तथा विदेशस्थित विश्वविद्यालय/कलेज तथा शिक्षण संस्थाहरूमा अध्ययन गर्न जान सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।