काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा लगाउने सरकार अपदस्त भई हेलिकप्टरमा झुन्डिएर भाग्नु परेको बताएका छन्। शनिवार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मलाई धेरै कुरा भन्नु छ। धेरै कुरा भन्नु पनि छैन। किनकि लामो समय कारागारमा बसेँ। म माथिको मुद्दाहरूको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे। तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु। तर मलाई केही पनि फरक पर्दैन,’ उनले भने।







