तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनी टारबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा सुवर्ण गाउँपालिका-१ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २७५ नम्बरको बसमा सवार उनलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । उनलाई हाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







