२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोसाक लगाउनुपर्ने प्रधानमन्त्री कार्कीको प्रस्ताव

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । सरकारी कार्यालयहरूमा हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोसाक लगाउँदा उचित हुने धारणा उनको छ ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सीर्दै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर, हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन यस्तो पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’

परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृति अनुरूपका परम्परागत वेशभूषामा उपस्थित थिए । उक्त वेशभूषाको प्रधानमन्त्री कार्कीले प्रशंसा गरेकी थिइन् ।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने धारणा पनि उनले राखिन् ।

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ । परिषद्का महासचिव राजु गुरुङले निम्तो पत्र वाचन गरेका थिए ।