काठमाडौँ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।







