२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय लोकप्रियताबाट राष्ट्रिय राजनीतिको परीक्षणतर्फ बालेन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र हस्तक्षेपकारी शैलीका कारण चर्चा कमाएका मेयर बालेन्द्र साह (बालेन)ले अब आफ्नो राजनीतिक प्रभावलाई स्थानीय सीमाबाट राष्ट्रिय राजनीतिमा आफ्नो सम्भावना परीक्षण गर्ने तयारी थालेका छन् । पछिल्ला हप्ताहरूमा उनले विभिन्न राजनीतिक दलका नेता, नागरिक अभियन्ता, कलाकार तथा सञ्चार क्षेत्रका प्रभावशाली व्यक्तिसँग भेटघाट गर्दै सम्भावित नयाँ राजनीतिक पहलको आधार खोजिरहेका छन्।

यी भेटवार्ताहरूमा आगामी निर्वाचनको सम्भावना, वैकल्पिक राजनीतिको आवश्यकता र सहकार्यका सम्भावित मोडेलबारे छलफल केन्द्रित रहेको भेटमा सहभागीहरू बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्यको विकल्पमाथि संवाद भए पनि तत्काल ठोस सहमति नबनेपछि बालेन छुट्टै राजनीतिक मार्गतर्फ उन्मुख भएको संकेत देखिएको छ।

भेटघाटमा सहभागी अधिकांशले नयाँ राजनीतिक पहलप्रति सकारात्मक धारणा व्यक्त गरेको बताइएको छ । स्थानीय तहमा स्थापित ‘आउटसाइडर’ र कार्यसम्पादनमुखी छविलाई राष्ट्रिय राजनीतिक विकल्पमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नसँगै बालेनको यो गतिविधिले नेपाली राजनीतिमा नयाँ बहस र अपेक्षा जन्माइरहेको छ।