२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

अ+ अ-

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबारदेखि गए रातिसम्म त्रियुगा-५ बागचौरी, त्रियुगा-६ मोहनपुर र लालपता, त्रियुगा-७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको हो ।

सोमबार राति मात्र करिब ७० जतिको समूहमा आएका हात्तीले नगरका बृहस्पति सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखरेललगायत स्थानीयको घर भत्काएको विष्णु भुजेलले जानकारी दिए ।

मंगलबार राति समूहमा आएका हात्तीले वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायत स्थानीयको घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पुर्‍याएको स्थानीय देवीलाल चौधरीले बताए ।

रातिको समयमा ७०–७५ जतिको समूहमा हात्ती आउने, गाउँमा प्रवेश गरी अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय राति आगो तापेर बस्न थालेका त्रियुगा–६ मोहनपुरका कृष्ण कार्कीले बताए । “कतिपय स्थानीयको घर पूर्ण रूपमा क्षति भएका छन् घने कतिपयका आंशिक क्षति भएका र भत्किएका छन्”, उनले भने ।

हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातिको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रहरीले ‘माइकिङ’ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँले बताए। “हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातिको समयमा गस्ती गर्ने योजना बनाएको छ”, उनले भने