काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् । मेयर साहलाई भेट्न नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए ।
उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि निस्किएका हुन् ।
मेयर साहले जेन जेड अगुवा रक्षा बम लगायतका अन्य जेन जेड अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।







