२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दल र जेन जेड समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गरेको प्रधानमन्त्रीको गुनासो

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । आज एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।

अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन जेडका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् ।

‘निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सबैतिरबाट गाली आएको भन्दै दिक्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको बताइन् ।

‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ,’ प्रधानमन्त्री कार्कीको गुनासो छ, ‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौं ।’