काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।
बिहीबार (पुस १०) को कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए चुनाव नै नलड्ने घोषणा गरेका हुन् ।
थापाले नेपाली काँग्रेसको महाधिवेशन अब काँग्रेसको मात्र सरोकारको विषय नभएको बताएका थिए ।







