काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक अधिकृत सातौँ तहको विज्ञापन खुला गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म दरखास्त दिन सक्ने छन् ।
हेर्नुहोस् सूचना:













