२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित

अ+ अ-

तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविरमा भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निःशुल्क औषधि सेवा उपलब्ध गराइएको थियो । पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, छाला तथा यौन रोग सम्बन्धी सेवा दिइएको ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार शिविरबाट महिला, ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न गाउँबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आएका थिए । यस्तै स्याङ्जाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकाका गाउँबाट समेत शिविरमा आएर सेवा लिएको उनले बताए । 

शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मेघराज लामिछाने, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, एमडिजिपी डा.रविबहादुर गुरुङ, डा. विज्ञान क्षेत्री र रेडियोलोजिष्ट डा.सन्तोष बरालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।