२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छिन् । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याइन् । 

मन्त्री श्रेष्ठले भनिन्, “जीवनको ऊर्जाशील समयमा आफ्नो क्षेत्रमा विज्ञता, सीप, दक्षता र अनुभव हासिल गर्नुभएका ज्येष्ठ नागरिकका विषयमा रहेका समस्या समाधानमा सम्बद्ध सबैको चासो र चिन्ता हुन जरुरी छ । आपसी सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिन्छ ।”

मन्त्री श्रेष्ठले काठमाडौँको पशुपति क्षेत्रमा सरकारले समाज कल्याण केन्द्रमार्फत आवासीय रूपमा असहाय ज्येष्ठ नागरिकलाई राखी वृद्धाश्रम सञ्चालन गरिरहेको जनाइन् । उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको सम्मान गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन भइरहेका उल्लेख गरिन् । 

सन्देशमा भनिएको छ, “वृद्धावस्था व्यवस्थापनको लागि वृद्धा स्याहारसुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकका विषयमा समन्वय कायम गर्न निरन्तर अन्तरनिकाय समन्वय गर्ने कार्य भइरहेको छ ।” 

देशभर सञ्चालन भएका ज्येष्ठ नागरिकसम्बन्धी सेवा केन्द्र, हेरचाह केन्द्र, दिवा सेवा केन्द्र/मिलन केन्द्र, आश्रम/वृद्धाश्रम तथा ज्येष्ठ नागरिकसम्बन्धी काम गर्ने संघसंस्थाको अनुगमन गरी सुझाव संकलनको काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी दिइन् । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १३ बमोजिम मन्त्रालयका तत्कालीन मन्त्रीको अध्यक्षतामा गठित केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको विसं २०७८ वैशाख ८ गतेको बैठकले हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई वृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिन २०५१ साल पुस ११ गतेलाई आधार मानी सोही दिन राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।