काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बैठक बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।
प्रशासन विशेष स्रोतका अनुसार आजको बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको छ।







