२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिन्धुलीबाट पनि ‘प्रचण्ड’को नाम सिफारिस

अ+ अ-

काठमाडौँ । सिन्धुली-२ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि ‘प्रचण्ड’को नाम सिफारिस गरिएको पार्टी कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

यसअघि ‘प्रचण्ड’को नाम विभिन्न जिल्लाबाट सिफारिस भइसकेको छ । सुनसरी-४, नुवाकोट-१, महोत्तरी-४, गोरखा-१, कैलाली-३ बाट ‘प्रचण्ड’को नाम सिफारिस भएको छ । यस्तै रामेछाप, रोल्पा, रुकुम पूर्वबाट ‘प्रचण्ड’को नाम सिफारिस गरिएको छ ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा ‘प्रचण्ड’ काठमाडौँ-१० र रोल्पा-२ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी सिराहा-३ र काठमाडौँ-१० बाट उठेका थिए । काठमाडौंमा उनी पराजित भएका थिए ।

वाम गठबन्धनको उम्मेदवारका रूपमा २०७४ मा चितवन–३ बाट प्रचण्ड विजयी भएका थिए ।  २०७९ मा ‘प्रचण्ड’ गोरखा-२ बाट उठेका थिए ।

सिन्धुली-२ बाट ‘प्रचण्ड’सहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।

समावेशी प्रतिनिधितर्फ महिला कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ । यस्तै भने ‘जेन जेड’ प्रतिनिधिका रूपमा सुमन राना मगरको नाम अघि सारिएको छ ।

यस्तै सिन्धुली-१ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुंगेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ ।