२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

अ+ अ-

बागलुङ । पछिल्ला मेला तथा महोत्सव आधुनिक मात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ ।

महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् । जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ । जुन स्टललाई आयोजनले नि:शुल्क प्रदान गरेको छ । बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सव स्थलमा देख्न सकिन्छ ।

घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले नि:शुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए। उनले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएका मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि कक्षलाई मेड इन बागलुङका नाममा छुट्ट्याइएको जानकारी दिए ।

महोत्सवमा बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएका सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र ताराखोलाको भाँगोदेखि डोका, नाम्लासम्म महोत्सवका कक्षमा देख्न पाइन्छ । बिउँको सुन्तलालाई ‘केस्रा ब्रान्ड’मा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचारप्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो । 

महोत्सवमा बिक्रीसँगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले तारा खोलाका स्थानीय उत्पादन डाला, नाङ्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिइन् । उनले तारा खोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामग्री पनि बिक्रीका लागि ल्याइएको बताइन्।

महोत्सव स्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनीहरूले अल्लोका कपडा, तामाका भाँडाका सामग्री, फापर र जौँको पीठो, आलु, सिमी, टिमुर, कोदोको पीठो, मकैको आटा, निगालोबाट बनेका सामग्री तथा भेडाको ऊनलगायत थुप्रै घरेलु सामग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताइन् । उनले व्यापार मात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताइन्।

स्टलमा हस्तकलाका सामग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्रीलगायतका स्टलसमेत देख्न सकिन्छ । बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक–एकवटा स्टल उपलब्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले जानकारी दिए। उनले अहिलेसम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठे खोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टल तयार भएर बिक्री वितरणका काम थालिएको जानकारी दिए ।

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले यस पटकको महोत्सवमा आधुनिकतासँगै स्थानीयपन झल्कने प्रयास गरेको बताए । पुस २१ गतेसम्म चल्ने महोत्सवमा कुल रु. १० करोडको कारोबार हुने लक्ष्य लिइएको छ ।