२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा त्रिभुवन विमानस्थलबाट ७८ लाख १७ हजार यात्रुले लिए सेवा 

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिना (जनवरी-नोभेम्बर २०२५) मा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् ।

तीमध्ये अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सयले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार यो अवधिमा काठमाडौँ विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् । विदेशबाट २० लाख ३ हजार ६ सय ७२ जना नेपाल आएका छन् ।

त्यस्तै आन्तरिकतर्फ ११ महिनामा १९ लाख ३६ हजार ४ सय २६ यात्रुले काठमाडौँ छाडेका छन् । अन्य आन्तरिक विमानस्थलबाट काठमाडौँ अवतरण गरेका यात्रु संख्या १७ लाख ८२ हजार ३ सय ७४ रहेको प्राधिकरणको तथ्यांक छ ।

नोभेम्बरसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण गरेका छन् । १४ हजार १ सय २६ पटक जहाजले उडान भरेका छन् ।

त्यस्तै आन्तरिकतर्फ काठमाडौँमा ४२ हजार २ सय ६४ पटक जहाज अवतरण गरेका छन् । ४२ हजार २ सय ७८ पटक जहाजले उडान भरेको प्राधिकरणको आँकडा छ ।

प्राधिकरणका अनुसार कार्गोतर्फ अन्तर्राष्ट्रियतर्फ कुल २ करोड २५ लाख १० हजार २ सय २ किलो ओसारपसार भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको मुख्य हवाई बिन्दुमध्ये एक हो । आन्तरिकतर्फ यस विमानस्थलबाट कुल ३० लाख ३० हजार ८ सय ८ किलो सामान ओसारपसार भएको तथ्यांक छ ।