२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकाय र आयोगबीच छलफल

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ। 

आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो। 

बैठकमा राष्ट्रिय सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सबै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रित रहेको उनको भनाई छ।

त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरोकारवाला लगायतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए। आचारसंहिता लागू हुने मिति भने केही दिनमा सार्वजनिक गरिने उनको भनाइ छ। उनले आचारसंहितालाई सबैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्द सूचीका उम्मेदवारको सङ्ख्याका आधारमा दलहरू खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहितामा उल्लेख छ। दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगायतका विषय आचारसंहितामा उल्लेख गरिएको छ।