२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै गाउँमा अलैँची बेचेर सवा करोड आम्दानी

अ+ अ-

काठमाडौँ। ‘कालो सुन’ भनिने अलैँची खेतीबाट किसानले कमाएको रकमसम्बन्धी संखुवासभाको एक खबरले चर्चा कमाएको छ ।

सिलिङचोङ गाउँपालिका-१ सिसुवाखोला गोगनेका किसानले बेचेको अलैँचीको पैसा टेबलमा राखेर बाँडफाँट गरेको तस्बिरसँगै उनीहरूको मेहनत र परिश्रमको चर्चा भइरहेको छ । गोगनेबासीले सात वर्षदेखि सामूहिक रूपमा आलैची खेती गर्दै आएका छन् ।

अलैँची खेतीबाट उनीहरूले यस वर्ष १ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहांगले सञ्जालमा भाइरल भएका तस्बिर आफ्नै पालिकाको भएको बताए ।

उनले केही दिनअघि ठेकेदारहरू आएर किनेको अलैँचीको पैसा किसानहरूले बाँड्दै गरेको बेला उक्त तस्बिर खिचेको बताए । यो वर्षमात्र त्यहाँ सामूहिक रूपमा १ सय १९ मन अलैँची फलेको छ । अहिले प्रतिमन ९० हजारदेखि १ लाख रुपैयाँसम्म किनबेच भइरहेको छ ।

साबिकको सिसुवा खोला गाउँपालिका रहेको सिलिङचोङ-१ गोगनेमा कुलुङ जातिको बाहुल्य छ । यहाँ ५५ घर परिवार बस्ने गर्छन् । पछिल्लो समय अलैँचीबाट उनीहरूले आर्थिक अवस्थासँगै जीवीकोपार्जनमा सुधार गरेका छन् । स्थानीय भुकुरचोङ्ग सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा उनीहरूले समूह बनाएर ७ वर्षदेखि सामूहिक खेती थालेका हुन् ।

गोगने सामूहिक अलैँची समूहका सदस्य अशोक कुलुङले समूहमा ४७ परिवार सदस्य रहेको बताए । यस वर्ष प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेको अशोकले बताए ।