२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी जनवरी अन्तिम साता साउदीसँग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । आगामी जनवरीमा साउदी अरबसँग श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

२६ र २७ जनवरीमा साउदीमा आयोजना हुने ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स’ (विश्व श्रम बजार सम्मेलन) का अवसर पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

साउदीले उक्त सम्मेलनमा सहभागी हुन नेपाललाई पत्र पठाएको छ । नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुल नासर विन हुसेन अल हार्थिबले गत बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई भेटेर सम्मेलनको निम्तो दिएका थिए भने त्यही समयमा सम्झौतामा हस्ताक्षर गर्ने मिति तय भएको जनाएका थिए ।

श्रम मन्त्री भण्डारीले २६ र २७ जनवरीमा हुने कन्फरेन्सको साउदीसँगको साइडलाइन मिटिङमा हस्ताक्षर हुने बताए ।

नेपाल र साउदीबीच पहिलो पटक श्रम सम्झौता हुन लागेको हो । १३ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो । तर, सरकार परिवर्तन भएपछि कुन तहमा हस्ताक्षर गर्ने भन्ने विषय टुंगो लाग्न नसकेपछि यो प्रक्रिया अगाडि बढेको थिएन ।

तत्कालीन मन्त्रिपरिषद् निर्णय लगत्तै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई पत्राचार गरेको थियो । तर, साउदीबाट लामो समयसम्म मिति, समय र कसले हस्ताक्षर गर्ने भन्ने जवाफ आएको थिएन ।

नेपालमा श्रम मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री सुशीला कार्कीले नै लिएकी थिइन् । जसले गर्दा कसलाई पठाउने र कुन तहका अधिकारीको उपस्थितिमा हस्ताक्षर गर्ने भन्नेमा ढिलाइ भएको थियो ।

साइडलाइन मिटिङमा नेपाली श्रमिकको हकहित, सुरक्षा लगायत विषयमा साउदीका अधिकारीहरूसँग छलफल हुनेछ ।